दैलेख : स्वास्थ्य चाैकीमा ताेडफाेड, ल्यापटपसहित मास्क र स्यानिटाइजर पनि चाेरी

 साउन १९, २०७८ मंगलबार २०:२७:० | अमर सुनार
unn.prixa.net

दैलेखकाे पिपलकाेटमा रहेकाे स्वास्थ्य चाैकी

दैलेख – आठबीस नगरपालिका ५ पिपलकोटमा रहेकाे स्वास्थ्य चौकीमा तोडफोड गर्नुका साथै ल्यापटप र औषधिलगायतका सामग्री चोरी भएको छ । स्वास्थ्य चाैकीका इन्चार्ज जीवनकुमार बस्नेतले यसबारेमा जानकारी दिनुभएकाे हाे । 

स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी तीन वटा ढोका फोडी सामग्री तोडफोड गर्नुका साथै चोरी गरेको इलाका प्रहरी कार्यालय राकमका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सई) पुष्प कडायतले बताउनुभयो । घटनामा संलग्नकाे बारेमा अहिलेसम्म जानकारी प्राप्त नभएकाे उहाँकाे भनाइ छ । 

स्वास्थ्य चौकीमा केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानिटाइजर, न्यानो झोलासमेत चोरी भएको आठबीस ५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकीको पाँच वटा दराज र तीन वटा टेबल तोडफोड हुँदा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएकाे बताइएको छ ।

स्वास्थ्य चौकीमा तीन जना अहेब, दुई जना अनमी, एक जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया