एमाले नेता खनालकाे मिर्गाैला प्रत्याराेपण सफल

 साउन २०, २०७८ बुधबार १६:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे मिर्गाैला प्रत्याराेपण सफलतापूर्वक सम्पन्न भएकाे छ । 

केही समय अघिदेखि भारतकाे एपाेलाे अस्पतालमा उपचाररत खनालकाे आज बुधवार मिर्गाैला प्रत्याराेपण सफलतापूर्वक सम्पन्न भएकाे उहाँकाे निजी सचिवालयले जनाएकाे छ । 

एफाेलाे अस्पतालमा डा. अखिल मिश्रकाे निगरानी तथा नेतृत्वमा उपचाररत खनालकाे आज डा. सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हाे । 

अब नेता खनालले केही समय अस्पतालमै रही आराम गर्नुहुने र स्वास्थ्य स्थिति सामान्य भएपछि नेपाल फर्किनुहुने उहाँकाे सचिवालयले जनाएकाे छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि गएकाे असार २ गते भारतकाे दिल्ली प्रस्थान गर्नुभएकाे थियाे । त्यसअघि नेता खनालकाे थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचार भइरहेकाे थियाे । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया