'बुस्टर डोज' लगाउने तयारी गरिरहेका धनी देशलाई हतार नगर्न डब्ल्यूएचओको आग्रह

 साउन २१, २०७८ बिहिबार ७:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेका बताउनुभयो । उहाँले आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि आग्रह गर्नु भएको छ ।

धनी तथा पहुँच वाला देशले कोरोना विरुद्धको खोपको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्ल्यूएचओका महानिर्देशक गेब्रेसियससले यो आग्रह गर्नु भएको हो ।  यस्तै, उहाँले सेप्टेम्बरसम्म बुस्टर डोजलाई रोक्न पनि अपिल गर्नु भएको छ ।

बुस्टर डोजले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्छ भन्ने कुनै पुष्टि नभएकाले हतार नगर्न आग्रह गरिएको हो । विश्वमा अहिले कोरोनाको डेल्टा भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि बुस्टर डोजमा धनी राष्ट्रहरुको ध्यान केन्द्रित भएको छ ।

इजरायल, जर्मनीलगायत केही देशले बुस्टर डोज लगाउने योजना गरिरहेको घोषणा समेत गरिसकेका छन् । तर, हाइटी, कङ्गोका नागरिकले अहिलेसम्म खोपको दोस्रो डोज पनि नपाएका बीबीसीले जनाएको छ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया