खोपलाई व्यवस्थित बनाउन खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउँदै लैजान्छौँ : स्वास्थ्य मन्त्रालय

 साउन २४, २०७८ आइतबार ७:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आयात बढेसँगै सरकारले १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्यअनुसार खोप केन्द्र बढाउँदै लैजाने भएको छ । यसले खोप केन्द्रमा देखिएको भीड व्यवस्थित गर्न सहयोग पुग्ने छ । खोप अभियानलाई व्यवस्थित गर्नकै लागि मन्त्रालयले अनलाइनमार्फत नाम दर्ता गर्न पनि थालेको छ ।

यस्तै, खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन केन्द्रसँगै स्वास्थ्यकर्मीको परिचालन पनि बढाउने तयारी भइरहेको स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । खोपको आयातलाई हेरे केन्द्र थप्दै जाने उहाँको भनाइ छ । तर, खोप केन्द्र र स्वास्थ्यकर्मी थपेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले आफ्नो पालोमा मात्रै खोप लगाउन आग्रह गर्नु भएको छ ।  

स्वास्थ्य मन्त्रालयले भोलिदेखि कोभिसिल्डको दोस्रो मात्रा वितरण गर्ने जनाइसकेको छ । कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिइनेछ । हिजो जापानले उपलब्ध गराउने भनेको १६ लाखमध्ये ४ लाख डोज खोप काठमाण्डौ आइपुगेको छ । आज थप ४ लाख खोप आउने छ ।

अस्ति भुटानबाट तीन लाख खोप आएको थियो । प्राप्त यी खोप अहिले दिइरहेका केन्द्रबाट ज्येष्ठ नागरिकलाई दिइने मन्त्रालयले जनाएको छ । सरकारले  गएको वर्ष फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाएको थियो । झण्डै १४ लाख ज्येष्ठ नागरिक अहिले कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन्। 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया