गोरखामा भदौ १ गतेदेखि भदौ ११ गतेसम्म लकडाउन

 साउन ३१, २०७८ आइतबार १७:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन गरिने भएको छ । आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

लकडाउन अवधिभर अत्यावश्यकबाहेकका सबै पसल, व्यवसाय बन्द गर्ने, बैङ्क तथा वित्तीय संस्थाको सेवा पनि बन्द गर्ने र अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो । 

बैठकले अहिले जारी निषेधाज्ञालाई कायम राख्दै थप कडाइ गर्ने निर्णय गरेको हो । गाेरखामा पछिल्लो पटक निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसैलाई भदौ ११ गते राति १२ बजेसम्म निरन्तरता दिँदै थप कडाइ गर्ने निर्णय भएको हो ।

कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार अत्यावश्यक सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खुल्नेछन् । अत्यावश्यक अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध, दही, माछामासु, कृषिजन्य  बिउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल, निर्माण सामग्री बिक्री गर्ने पसल, वर्कशप लगायतलाई समावेश गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया