नगर प्रोफाइल निर्माण सुरु

 जेठ १९, २०७५ शनिबार १२:३:२५ | रमेश गिरी

भक्तपुर, जेठ १९  – सूर्यविनायक नगरपालिकाले व्यक्ति–व्यक्तिको सम्पूर्ण विवरणसहितको नगर प्रोफाइल निर्माण सुरु गरेको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा रहेको प्रतिनिधिसभा सदस्य, एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको घरबाट नगर प्रोफाइलसहितको तथ्यांक संकलन सुरु भएको हो । 

सांसद बस्नेतले नगरपालिकाको विकासका लागि यो प्रोफाइल कोशेढुङ्गासावित हुने बताउँदै प्रोफाइल हेर्नासाथ सूर्यविनायकको विगतदेखि भविष्यसमेत देख्न सकिने भएकाले विकासका लागि यो प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको सम्पूर्ण विवरण ऐनाजस्तै देखिने भएकाले घर घरमा गएर व्यक्ति–व्यक्तिको प्रोफाइल तयार गरिने बताउनुभयो । 

नगरपालिकाका १० वटै वडाध्यक्षको घर घरबाट सुरु भएको तथ्यांक संकलन कार्य सबै वडाका घर घरमा पुगेर संकलन गरिने उहाँले बताउनुभयो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले घर, टोल, व्यवसाय, शिक्षा, रोजगारी, कृषि, प्रविधि, स्वास्थ्य, सहकारी, पशु, सवारी साधन, जग्गा, लालपूर्जा, नागरिकता, व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइँ सराइलगायत घरको तस्वीर र नक्सासमेत रहने गरी सम्पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्दै यसलाई दैनिक अपडेट गर्ने व्यवस्था गरिएको बताउनुभयो । 

ड्रोन क्यामराको माध्यमबाट नगरपालिकाको सिंगो डिजिटल नक्सा लिएर थ्रिडी इमेजसहितको नक्सा तयार पारिने, कुन र कसको घर कति डिग्रीमा छ, घर कहाँ पर्छ भन्नेसम्मको सिंगो नगरपालिकाको चित्र आउने गरी प्रोफाइल तयार पारिने भएको प्रशासकीय अधिकृत तिमल्सिनाले बताउनुभयो । 

यसका लागि नगरपालिकाले तीन दिनको तालिम सञ्चालन गर्दै ४० जना स्वयंसेवक परिचालन गरेको छ । परिचालित स्वयंसेवकले घर घरमा पुगेर तस्बीर, भिडियोसहितको तथ्यांक संकलन गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया