कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, घाइतेकाे उद्धार गर्न हेलिकप्टर माग

 भदौ १३, २०७८ आइतबार १५:२१:४० | मनिराज पाण्डे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कालीकोट – कर्णाली करिडोरअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका २ को आम्तडामा जीप दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जीप दुर्घटना हुँदा चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइते हुनेमा रास्काेट नगरपालिका ९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार र रास्काेट ७ का कमलराज शाही रहेका छन् ।

यस्तै सान्नी त्रिवेणी गाउँपालिका ६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका ९ की अनिता शाही छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको अवस्था समान्य रहेको छ ।

घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया