धादिङ : टिपरसँग मिनी ट्रक ठाेक्किँदा २३ जना घाइते

 भदौ १४, २०७८ सोमबार १४:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिका ८ बगैँचामा साेमवार सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको मिनी ट्रक रोकिराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनालाई हेलिकप्टर र तीन जनालाई एम्बुलेन्समार्फत काठमाण्डौमा रहेकाे ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयाे । 

अन्य घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: जेठ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया