गृहमन्त्री खाँड बाढी प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको निरीक्षणमा

 भदौ १९, २०७८ शनिबार १२:५०:३६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक –  गृहमन्त्री बालकृष्ण खाँडले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । गएकाे असार १ र साउन १६ गतेको बाढीको कारण यस क्षेत्रमा मानवीय तथा भौतिक रुपमा ठूलो क्षति पुगेको थियाे ।

गृहमन्त्री बालकृष्ण खाँड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहितको टोलीले आज हेलम्बु गाउँपालिका–२ मा रहेकाे गणेश बगर र मेलम्चीका बाढी प्रभावितको अवस्था बुझ्नुभएको हाे ।

गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र त्यस वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालै सरकारबाट हुने सहयोगको प्रतिबद्धता समेत गर्नुभएको छ । यस्तै उहाँले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

निरीक्षण टोलीमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्व कानुनमन्त्री तथा सांसद शेरबहादुर तामाङ, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी हुनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया