नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि

 भदौ २१, २०७८ सोमबार १९:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचकाे एकदिवसीय शृङ्खलाको पहिलो खेल भाेलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो एकदिवसीय खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ । 

नेपाल र पीएनजीबीचको खेल एक्शन स्र्पाेट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ ।

यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ । यी दुवै शृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया