बुटवलका मेयरलाई मुक्का हान्ने विरुद्ध एमालेले मुद्दा नचलाउने

 असोज ५, २०७८ मंगलबार ११:८:९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ ।

एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय भए पनि घटनामा व्यक्तिलाई एमालेले मुद्दा मामिला नगर्ने बताउनु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य गणेश पङ्गेनीलाई पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले पङ्गेनी पक्राउ परेको भए पनि उनी विरुद्ध मुद्दा जाहेरी अहिलेसम्म कसैले पनि नदिएको जानकारी दिनुभयो ।

'घटना दुःखद् र निन्दनीय छ तर मुद्दा चलाउने पक्षमा हामी छैनौँ' नगर कमिटी अध्यक्ष पन्थीले भन्नुभयो । घटना लगत्तै एमाले बुटवल र जिल्ला समितिले संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।

पहिरो निरीक्षणमा गएको बेला बुटवल-३ ज्योतिनगरमा हिजाे बिहान नगर प्रमुख सुवेदीमाथि पङ्गेनीले मुक्का प्रहार गरेका थिए । पङ्गेनी पहिरो प्रभावित हुन्।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया