ईपीएल क्रिकेट : चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले हरायो

 असोज १०, २०७८ आइतबार १५:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हरायो ।

विराटनगरले दिएको एक सय ५२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर भेटाएको हो । चितवनका लागि राजेश पुलामी मगरले अविजित ४३ रन बनाए । त्यस्तै भीम सार्कीले ११ बलमा ३० रन बनाए । बलिङतर्फ विराटनगरका सिकन्दर राजा र नेपालका करण केसीले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रन र सौरभ खनालले अविजित ३० रन बनाए । बलिङतर्फ चितवनका सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई–दुई विकेट लिए । 

अन्तिम अपडेट: असोज १४, २०७८

तपाईको प्रतिक्रिया