ताप्लेजुङमा जीप दुर्घटना हुँदा १८ जना घाइते

 असोज २८, २०७८ बिहिबार १७:४७:२० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । 

को १ ज २०५६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १८ जनामध्ये ९ गम्भीर छन् । 

दुर्घटनामा गर्भवतीसहित नौ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका ६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू रहेका छन् । 

यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन् ।  जीप चालक फुङ्लिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्लीविक्रम सुनुवार सामान्य घाइते हुनुभएको छ । 

ब्रेक फेल भएर जीप दुर्घटना भएको हुन सक्ने बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । 

गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया