हिमपातका कारण मेरापिक क्षेत्रमा एक पर्यटक भरियाकाे ज्यान गयाे, १० जना अलपत्र

 कात्तिक ३, २०७८ बुधबार १३:५९:१२ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोेलुखुम्बु – अत्यधिक हिमपातका कारण मेरापिक क्षेत्रमा पर्यटक भरियाको ज्यान गएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेकाे मेरापिक क्षेत्रमा गएर फर्कने क्रममा महाकुलुङ गाउँपालिका ५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको आज बुधवार ठाङ्नाङ भन्ने ठाउँमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालका अनुसार आरोहण दलमा भरियाका रूपमा पिक पुगेर फर्केका उनको अत्यधिक हिमपातका कारण ज्यान गएको हो । 

यसैबीच मौसम प्रतिकूलताका कारण मेरापिक क्षेत्रमा १० जना अलपत्र परेका छन् । हिजाे मङ्गलवार पिक चढेर फर्किने क्रममा मौसम खराब हुँदा सात जना क्लाइम्बिङ शेर्पा, दुई जना विदेशी आरोही र अन्य एक जना गरी १० जना अलपत्र बनेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आरोहण गरी फर्किने क्रममा मौसम प्रतिकूल हुँदा पाँच हजार सात सय मिटरको उचाइमा पर्ने मेराला ओडारमा चार जना, पाँच हजार आठ सय मिटरको उचाइमा पर्ने हाई क्याम्पमा चार जना र पाँच हजार तीन सय मिटरको उचाइमा पर्ने बेस क्याम्पमा दुई जना आरोही फसेको जनाइएको छ । 

उनीहरू सकुशल भएकाले यथाशीघ्र उद्धारको आवश्यकता रहेको सम्बन्धित ट्रेकिङ कम्पनी एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ती आरोहीहरू हिजाे दिउँसो ३ बजेदेखि त्याे क्षेत्रमा फसेका हुन् ।

मौसम प्रतिकूलताका कारण तत्काललाई हेलिकप्टर समेत त्याे क्षेत्रमा जान सक्ने अवस्था नरहेकाले मौसम अनुकूल हुनासाथ उनीहरूकाे उद्धार गरिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया