बाढी–पहिरोमा परि ज्यान गुमाउनेकाे सङ्ख्या सय नाघ्याे, ४१ जना बेपत्ता (अपडेट)

 कात्तिक ४, २०७८ बिहिबार १८:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परि आज बिहीवार दिउँसोसम्म एक सय एक जनाको ज्यान गएको छ ।

बाढी, पहिरोमा परि प्रदेश नम्बर १ मा ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा सात जना र वाग्मती प्रदेशमा एक गरी अहिलेसम्म एक सय एक जनाकाे ज्यान गएकाे हाे । 

बाढी–पहिरोमा परि प्रदेश १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

साथै प्रदेश १ मा १९ जना, कर्णालीमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएका प्रहरीको विवरण छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिराेबाट एक सय ३९ पशु चौपाया मरेका छन् ।

गएकाे शनिवार रातिदेखिको वर्षाले एक हजार एक सय ७७ घर परिवार विस्थापित भएका छन् । साथै बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित ठाउँमा राख्ने, पहिरोमा पुरिएको सामग्री निकालेर सुरक्षा गर्ने काम भइरहेको र पहिरोले अवरोध भएका सडक खुलाउने काम पनि भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया