काठमाण्डाैका आठ वटा नगरपालिकामा एस्ट्राजेनेका खोप लगाइँदै

 कात्तिक ९, २०७८ मंगलबार ८:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ ।

काठमाण्डाैका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको हो ।  

काठमाण्डाै महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयका अनुसार काठमाण्डाै महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ । वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप पाइनेछ । यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने पालिकाहरुका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाण्डाै महानगरपालिकाको हकमा भोलिदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड बोक्नु पर्नेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया