मेरापिकमा बेपत्ता शेर्पाको खोजीमा खटिएका एक सदस्य बिरामी, हेलिकोप्टरमार्फत उद्धार

 कात्तिक १३, २०७८ शनिबार १८:६:३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता भएका आरोही छेतेन शेर्पाको खोजीमा खटिएका एक सदस्य बिरामी परेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

संखुवासभाका माउन्टेन गाइड मन्दिप गुरुङ बिरामी परेपछि उद्धार गरेर उपचारका लागि काठमाण्डौ ल्याइएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खारे क्षेत्रमा बिरामी परेका गुरुङको अहिले भेन्टिलेटरमा उपचार भैरहेको उहाँले बताउनुभयो । सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर २ का छेतेन शेर्पा मेरापिक आरोहणका क्रममा गएको दुई गतेदेखि हराइरहनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया