हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता

 कात्तिक १५, २०७८ सोमबार ११:२१:४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् ।

होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि. मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका  तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएको असोज १८ गते काठमाण्डौबाट लुक्ला आएका ८ जना फ्रान्सेलीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक सम्पर्कविहीन बनेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो।

उहाँहरुको  खोजीका लागि आजदेखि कैलाश एयरको हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ । सम्बन्धित ट्रेकिङ कम्पनीले प्रहरीसँगको समन्वयमा खोजी कार्यलाई जारी राखेको जनाइएको छ । एउटै समूहमा गएकामध्ये अन्य ५ जना  फ्रान्सेली नागरिक भने सम्पर्कमा रहेको कम्पनीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया