स्याङ्जामा राजमार्ग संरक्षण अभियान : एकै दिन झन्डै ८० किलोमिटर सडक मर्मत !

 कात्तिक १७, २०७८ बुधबार २०:२४:५० | राधाकृष्ण डुम्रे
unn.prixa.net

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालसहितको टोली राजमार्ग मर्मत गर्दै । तस्बिर : राधाकृष्ण डुम्रे /वालिङ

स्याङ्जा – स्याङ्जामा सिद्धार्थ राजमार्गको संरक्षण अभियान सुरु गरिएको छ । राजमार्गको स्याङ्जा खण्डमा झन्डै ८० किलाेमिटर सडक एकै दिन मर्मत गर्ने काम गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सक्रियता तथा राजमार्गमा पर्ने पालिकाहरूको सहयोगमा सडकको मर्मत गर्ने काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार जिल्लाभर सडक मर्मतका लागि १७ टोली परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगरपालिकाका कर्मचारीलगायतको सहभागितामा राजमार्गको मर्मत गर्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

वर्षा/बेमौसमी वर्षादका कारण सडकमा क्षति भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पालिकाहरूको समन्वयमा अभियान नै थालेको हो ।

राजमार्गले छोएका पालिकाहरू आ—आफ्ना क्षेत्रभित्र पर्ने राजमार्गलाई सरसफाइदेखि राजमार्गमा देखिएका खाल्डाखुल्डी पुर्न परिचालित भएका हुन् । देशकै पुरानो र तराई–पहाड जोड्ने सिद्धार्थ राजमार्ग संरक्षणको अभावमा जीर्ण बन्दै गएको हाे । राजमार्गबाट शाखा सडक खोल्दा आवतजावतमा समेत समस्या हुँदै आएको छ भने दुर्घटना पनि बढ्दो क्रममा रहेको छ । 

गएकाे सोमवार बसेको जिल्ला समन्वय बैठकले सडक बचाउ अभियानको थालनी गर्ने निर्णय गरेको थियो । कास्कीको सिमाना कुभिण्डेदेखि लुम्बिनी प्रदेशको सिमाना राम्दीसम्म यात्रु र गाडीलाई आवागमनमा सहज बनाउन मर्मत र खाल्डाखुल्डी पुर्नुका साथै शाखा सडककाे पनि सफाइ गर्ने काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।  

आज बुधवार दिनभर नै पालिका प्रमुखसहित प्रहरी प्रशासनको टोली राजमार्गको मर्मतमा खटेको थियो । यो अभियानलाई समय मिलाएर निरन्तर सञ्चालन गर्ने प्रशासनले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया