सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, निकुञ्जका कर्मचारीलाई भ्याइनभ्याइ

 कात्तिक १८, २०७८ बिहिबार ११:५१:७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - पछिल्लो २० दिनमा झण्डै २६ सय जना पर्यटक सगरमाथा क्षेत्र पुगेका छन् । गएकाे असोज २६ गतेदेखि कार्तिक १५ गते भित्र २ हजार ५ सय ९८ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

भ्रमणकर्तामध्ये ३ सय ४६ जना सार्क देशकासहित १ हजार ४ सय ७८ जना विदेशी र १ हजार १ सय २४ जना स्वदेशी पर्यटक रहेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष कोरोना कहरका कारण पर्यटक आवागमन ठप्प बनेको सगरमाथा क्षेत्रमा यस वर्षको शरद ऋतुमा पर्यटक आगमन उत्साहजनक रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ ।

पर्यटकको चाप बढेसँगै निकुञ्जको चेक पोष्टका कर्मचारीहरु व्यस्त भएका छन् । उनीहरु पर्यटकको इन्ट्री गर्न तथा राजस्व सङ्कलन गर्नमा भ्याइनभ्याइ बनेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।

अहिले दैनिक करिब १ सय ५० जनासम्म पर्यटकहरु भ्रमणका लागि लुक्लाबाट उकालो लाग्ने गरेको छन् । भ्रमणमा आउने पर्यटकमध्ये नेपाली र भारतीय बढी रहेको निकुञ्जको कार्यालयले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया