'मेरा पिक' क्षेत्रमा लडेर एक आरोहीको ज्यान गयो

 कात्तिक १९, २०७८ शुक्रबार १९:१७:३९ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु – सोलुखुम्बुको 'मेरा पिक' क्षेत्रमा लडेर एक आरोहीको ज्यान गएको छ । आज (शुक्रवार) मेरा पिक आरोहण गरेर फर्किँदै गर्दा हाई क्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराम ढकालका अनुसार हाई क्याम्पमा चिप्लिएर लड्दा बेहोस भएका क्रिष्टायनलाई हेलिकप्टरमार्फत उद्धार गरी पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटैमा ज्यान गएको हो । मृतकको शव पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मौसम प्रतिकूलताका कारण आज हेलिकप्टर उडान हुन नसकेकाले शव भोलि शनिवार मात्रै काठमाण्डौ पठाइने अस्पतालले जनाएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाण्डौमार्फत कात्तिक १० गते मेरा पिक पुगेका थिए ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया