बेपत्ता तीन आरोहीको खोजीमा खटियाे तालिम प्राप्त फ्रान्सेली टाेली

 कात्तिक २२, २०७८ सोमबार १०:२०:५८ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - खुम्बु क्षेत्रको हिमाल आरोहणको क्रममा बेपत्ता भएका फ्रान्सेली नागरिकको खोजीमा तालिम प्राप्त फ्रान्सेली टाेली खटिएकाे छ ।

१३ दिनदेखि बेपत्ता ३ जना फ्रान्सेली नागरिकको खोजीका लागि गाइड लिनेभेको नेतृत्वमा आजदेखि १४ जना तालिम प्राप्त फ्रान्सेली टोली खटिएकाे सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार डाक्टर र आवश्यक साधनस्रोतसहितको विशेष तालिम प्राप्त टोली हिजाे काठमाण्डौबाट हेलिकप्टरमार्फत खुम्बु आएकाे हाे।

 फ्रान्स र नेपाली दूतावासकाे सहयोगमा उनीहरु फ्रान्सबाट नेपाल आएका प्रहरी निरीक्षक ढकालले बताउनुभयोे । हिजाे मौसम प्रतिकूल बनेकाले आजबाट खोजीमा सक्रिय भएको जनाइएको छ ।

होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका  तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता बनेका थिए ।

गएको असोज १८ गते काठमाण्डौबाट हिमाल आरोहणका लागि लुक्ला आएका ८ जना फ्रान्सेली  नागरिकमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया