रुपन्देहीमा एक फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीकाे क्षति

 कात्तिक २६, २०७८ शुक्रबार १०:५९:३५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष गणेश न्यौपानेका अनुसार पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्समा आगो लाग्दा उद्योग र सोरुममा रहेकाे सबै फर्निचर जलेर नष्ट भएकाे हाे ।

हिजाे बेलुका ६ बजेदेखि लागेकाे आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयाे। 

प्रवक्ता थापाले दमकलले मात्रै आगो नियन्त्रणमा लिन नसकेपछि डोजर लगाएर भवन नै भत्काउनु परेको बताउनु भएकाे छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया