चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किन थाले पर्यटक

 कात्तिक २७, २०७८ शनिबार १५:४०:१९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ ।

कार्यालयका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै करिब ४ सय जना पर्यटकले खुम्बु छाडेका छन् । उनीहरु शुक्रबार १२ वटा र शनिबार १२ वटा गरि २४ वटा हवाइ उडान मार्फत खुम्बुबाट फर्किएका हुन् ।  दुई दिनमा करिब २ सय जना पर्यटक बाहिरिँदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएका छन् । खुम्बुबाट फर्किने पर्यटककाे चाप बढेसँगै टिकट काउन्टरहरुमा टिकट लिनेहरुको भीड बढेको छ ।  

काठमाण्डौबाट आउनेहरु न्यून भएपनि लुक्लाबाट फर्किनेहरु भने उल्लेखनीय रहेको नागरिक उड्ययन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ । यस्तै हेलिकप्टर मार्फत पनि त्यतिकै मात्रामा पर्यटकहरु फर्किरहेका छन् । याे सिजनमा खुम्बु भ्रमण गर्नेहरु बढी जसो नेपाली नागरिक नै रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया