तीन सय ७७ जना कोरोना सङ्क्रमित थपिए

 कात्तिक ३०, २०७८ मंगलबार १६:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ७० जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार सात सय १४ जना पुगेको छ । थप चार जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण अहिलेसम्म ११ हजार चार सय ८२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सात हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७६ लाख २४ हजार ४८ जनाले पूर्ण मात्रा र ८९ लाख ११ हजार नौ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया