एमाले १०औँ महाधिवेशन : अध्यक्ष ओलीसहित नेताहरु चितवन जाँदै

 मंसिर ९, २०७८ बिहिबार ९:५०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन जाँदै हुनुहुन्छ । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।

ओलीसहितका अन्य केही नेताहरू पनि आजै चितवन पुग्नेछन् । एमालेको १० औँ महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ । यो मस्कट महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता उतार्ने एमालेले दाबी गरेको छ ।

सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी बनाइएको छ । महाधिवेशनको बन्दसत्र हुने ठाउँ होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन् ।

देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिह्नभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् ।

उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने तयारी छ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया