मुस्ताङमा हिमपात, चिसो बढेपछि जनजीवन प्रभावित

 मंसिर १७, २०७८ शुक्रबार १०:४४:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङमा हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण आज बिहानैदेखि मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले मुस्ताङका अग्ला डाँडापाखामा हिमपातका साथै सिमसिम पानी परेपछि चिसो बढ्दै गएको बताउनुभयो ।

मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । जिल्ला सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको थियो । हिमपात र वर्षाकै कारणले गर्दा उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सम्पर्क हुन नसकेको प्रजिअ शर्माले बताउनुभयो । टेलिकमका टावरमा हिउँ जमेर ब्याट्री डाउन भएपछि सम्पर्क विच्छेद हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

 

वर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको प्रजिअ शर्माले बताउनुभयो । यो सिजनमा दोस्रो पटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित बनेको छ ।

हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया