कांग्रेस महाधिवेशन : मीन विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

 मंसिर २६, २०७८ आइतबार ११:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिनु भएको छ ।

महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उहाँले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गर्नु भएको छ ।

‘मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा त्यो पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकाले उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम सूचीबाट हटाइ दिनुहुन यो लिखित निवेदन पेस गरेको छु,’ विश्वकर्माले लेख्नु भएको छ ।

विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिनु हुन्छ । तर देउवा समूहको प्यानलमा आफू नपरे पछि उहाँले असन्तुष्टि जनाउँदै आउनु भएको छ । विश्वकर्माले खुल्ला दलिततर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनु भएको थियो । यस्तै, उहाँले अब आफू सभापति देउवाको समर्थनमा रहने पनि बताउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया