कांग्रेस सभापतिको मतगणना अपडेट : देउवालाई अग्रता

 मंसिर २८, २०७८ मंगलबार ५:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावको मतगणना सुरु भएको छ ।

अहिलेसम्म ६ सय मत गणना भएको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले ६ सय मत गन्दा दुई सय ८८ मत प्राप्त गर्नुभएको छ । देउवालाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहनु भएको छ । कोइरालाको दुई सय १२ मत छ ।

यस्तै अहिलेसम्म प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ३ मत पाउनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । सभापतिमा जित्न २ हजार ३ सय ४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ । सभापतिका लागि तीन वटा ट्याङ्कीमा मत खसालिएको थियो । ती तीन वटै ट्याङ्की राष्ट्रिय सभागृहमा ल्याएर  मतगणना सुरु गरिएको छ ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया