‘क्यानकाे निर्णयले निकै दुःखी बनाएकाे छ, कारबाहीबारे पुनर्विचार गरियाेस्’

 पुस २, २०७८ शुक्रबार १८:३७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीले आफूहरूलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आग्रह गरेका छन्। ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आज आइतवार पत्रकार सम्मेलन गरी कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न माग गरेका हुन् ।

अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ । त्यस्तै, चार जनालाई ६ महिना 'सेन्ट्रल कन्ट्र्याक्ट' बाट पनि अलग गरेको छ । सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएकाे छ ।

क्यानको कारबाही गर्ने निर्णयले दुःख बनाएको भन्दै निर्णयमा पुनर्विचार गर्न उनीहरूले माग गरेका छन् । आफ्नो हक/अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षाैँ खेलेका, आफ्नो सबै ईच्छा र आकाङ्क्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही गर्दा भोलिका दिनमा नयाँ पुस्ता कसरी यसमा आकर्षित हुन सक्छन् भन्दै उनीहरूले क्यानले गरेको निर्णयमाथि प्रश्नसमेत उठाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया