कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणना : २ हजार ३ सय ९३ मत गन्दा शशाङ्क कोइराला अगाडि

 पुस ४, २०७८ आइतबार ११:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । हिजो गन्न बाँकी मत अघि बिहान पाैने ११ बजेदेखि गन्न सुरु गरिएको हो ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा छन्  । प्रतिस्पर्धी ९९ मध्ये खुला केन्द्रीय सदस्यमा  ३५ जना निर्वाचित हुने छन् ।  गएरातिसम्ममा २ हजार ३ सय ९३ मतपत्रकाे गणना सकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । उहाँकाअनुसार बाँकी रहेकाे मत आज गणना गरेर सक्ने तयारी छ ।

अहिलेसम्मको मतगणनाअनुसार डाक्टर शशाङ्क कोइरालालाई सबैभन्दा धेरै मत प्राप्त भएको छ । अहिलेसम्म कोइरालाले १ हजार ९ सय ७१ मत पाउनु भएको छ । यस्तै, कांग्रेसको १४औँ महाधिवेशनको सबै परिणाम आउन समय लाग्ने भएको छ । यस अघि पुस ५ गते अर्थात भोलिसम्ममा आउने भनिए पनि अझै धेरै मत गन्न बाँकी रहेकाले चुनावको सबै परिणाम आउन समय लाग्ने निर्वाचन समितिले जनाएको हो । समितिकाअनुसार आउँदो बुधवारसम्ममा गणना सक्ने गरी तयारी भएको छ ।

गएको २४ गतेदेखि २७ गतेसम्म कांग्रेसको चाैधाैँ महाधिवेशन काठमाण्डौमा भएको थियो । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गएको सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया