हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाकाे शव काठमाडौं पठाइयो

 भदौ २४, २०७५ आइतबार १०:५२:५ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको म्यागङ गाउँपालिकामा शनिबार दुर्घटना भएको हेलिकप्टर हुँदा ज्यान गुमाउनेको शव आइतबार काठमाडौं पठाइएको छ । 

शनिबार राति घटनास्थलबाट शव उद्धार गरी आइतबार बिहान मात्र त्रिशूली ल्याइएको थियो । त्रिशूलीमा ल्याएका ६ वटै शव तीन वटा हेलिकप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । 
    
प्रतिकुल मौसमको कारण घटनास्थल नजिक हेलिकप्टर लैजान समस्या भएपछि त्रिशूलीसम्म ट्रकमा शव ल्याएर हेलिकप्टरमा काठमाडौं पठाइएको हो । 
    
गोरखाको सामागाउँबाट काठमाडौंको लागि उडेको हेलिकप्टर शनिबार बिहान ८ बजे नुवाकोटको म्यागङ गाउँपालिका–१ बर्सुन्चेतको मैलुङ पाखाको भीरमा दुघर्टना हुँदा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेकी एक महिलाको जिवितै उद्धार गरिएको थियो । 

कलसाइन ९ एन ए एलएस रहेको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा घाइते गोरखा चुमनुब्रि गाउँपालिका–२ कि ल्हो आनि डोल्मा डिकीलाई दुघर्टना भएको १० घण्टापछि उद्धार गरी काठमाडौं पठाइएको थियो ।

दुर्घटनामा चालक निश्चल केसीसहित ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जापानी नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्तबहादुर कुँवरका अनुसार प्रहरीका अनुसार मृत्यु हुनेमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट निश्चल केसी रहेका छन् । 

घना जंगलको बीचमा दुर्घटना भएको हेलिकप्टर भएकोसम्म पुग्न नै उद्धारटोलीलाई धेरै समय लागेको थियो । प्रहरीको अनुसार दिउँसो २ बजेमात्र प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेको थियो । प्रतिकुल मौसमका कारण उद्धारको लागि राजधानीबाट गएको हेलिकप्टरसमेत ल्याण्ड हुन नसकेपछि उद्धारमा ढिलाई भएको थियो । दुर्घटनास्थलबाट हेलिकप्टर ल्याण्ड गर्न मिल्ने स्थान ३ घण्टाको पैदल दुरीमा भएकोले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । 
     
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया