कांग्रेस महाधिवेशन : मतगणना आज सकिँदै, पहिलो बैठक पर्सि बस्ने

 पुस ८, २०७८ बिहिबार ८:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । गएको मंसिर २४ गतेदेखि काठमाण्डौमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।

मतदानलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना थालिएको थियो । मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

मतगणना बाँकी रहेकोमा केन्द्रीय सदस्यतर्फ खस/आर्य, आदिवासी/जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा पुगेकाे छ । कांग्रेस विधानमा १३ जना पदाधिकारीमध्ये सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । त्यस्तै १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित एक सय ३४ सदस्य निर्वाचित हुने तथा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने व्यवस्था छ ।

मतगणना सकिएपछि भोलि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नेछ । केन्द्रीय कार्यसमितिको पहिलो बैठक पर्सि १० गते बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया