कांग्रेस सभापतिमा निर्वाचित देउवाले आज पदभार ग्रहण गर्दै , केन्द्रीय समितिको पहिलो बैठक बस्दै

 पुस १०, २०७८ शनिबार ८:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसमा दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्दैछ ।

केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले कांग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको जानकारी दिनुभयो ।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्यका लागि गएको मंसिर २७ गते चुनाव भएको थियो । १४औँ महाधिवेशबाट आएको कांग्रेसको केन्द्रीय कार्यसमितिको  पहिलो बैठक पनि आज बस्दैछ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया