एसिया कप यू–१९ : नेपाल श्रीलङ्कासँग ६० रनले पराजित

 पुस ११, २०७८ आइतबार १९:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको छ । यूएईको शारजाह मैदानमा आज आइतवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको हो ।

श्रीलङ्काले दिएको तीन सय २३ रनको लक्ष्य पछ्याएकाे नेपालले ४७ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६२ रन मात्र बनाउन सक्यो । नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बसिर अहमदले ४३ रन जोड्दा विवेक यादवले ४६ रन बनाए । श्रीलङ्काका रभिन डी सिल्भा र मथिसा पाथिरानाले तीन/तीन विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा चार विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । उसका लागि सदिशा राजापाक्षेले एक सय ३१ र चमिन्दु विक्रमासिङ्घेले एक सय ११ रन बनाए । नेपालका मोहम्मद अदिलले दुई तथा देव खनाल र विवेक यादवले एक/एक विकेट लिए । 

आजकाे हारसँगै नेपालकाे सेमिफाइनल खेल्ने सम्भावना सकिएकाे छ । पहिलो खेलमा नेपाल टेस्ट देश बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आउँदाे मङ्गलवार कुवेतसँग खेल्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया