सल्यानमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

 भदौ २५, २०७५ सोमबार ११:३६:१३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सोमबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बागचौर नगरपालिका—१० निबासी ५५ वर्षीया हुकुमी विकको ज्यान गएको प्रहरीले जनाएको छ । 

लु १ च ५६६४ नम्बरको जीप शारदा नगरपालिक वडा नम्बर १३ स्यानीखाल अत्तरकाडा नजिक जीप दुर्घटना भएको हो । दुर्घटना परेर विकको घटनास्थलमै ज्यान गएकोे हो । 

सोही दुर्घटनामा परी हुकुमकीका श्रीमान ६५ बर्षीया बलबहादुर बिक र जीप चालक बागचौरकै कमल बिक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइते बलबहादुर र कमलको श्रीनगरमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै घटना कसरी भएको हो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया