तनहुँमा दाउरा खोज्न गएका वृद्धको करेण्ट लागेर ज्यान गयाे

 माघ १०, २०७८ सोमबार १२:१८:१४ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - तनहुँमा वनमा दाउरा खोज्न गएका एक वृद्धको करेण्ट लागेर ज्यान गएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका-८ अजम्बरी सल्लाघारी जङ्गलमा स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दाउरा खोज्न आज बिहान वनमा जाने क्रममा बिजुलीको लाइनमा छुन पुग्दा उहाँकाे घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया