विद्यार्थीलाई खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

 माघ १५, २०७८ शनिबार ७:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।

पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया