सिन्धुपाल्चाेककाे इन्द्रावतीमा १५ शैय्याकाे अस्पताल उद्घाटन

 माघ २३, २०७८ आइतबार १९:३:२५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे इन्द्रावती गाँउपालिकामा १५ शैय्याको अस्पताल उद्घाटन भएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पताल आज आइतवार वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गर्नुभएको हो ।   

उद्घाटन कार्यक्रममा मन्त्री लामाले नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयाे । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउनु अहिलेको सरकारको पहिलो प्राथमीकता रहेको उहाँले बताउनुभयो । प्रदेशका हरेक पालिकामा जतिसक्दो छिटो सरल र सहज रूपमा नागरिकले उपचार पाउने बनाउन सरकार लागिपरेको पनि उहाँले बताउनुभयाे । 

यस्तै मन्त्री लामाले कोरोना सङ्क्रमणको जोखिम कम गर्नका लागि सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनुपर्ने बताउनुभयाे । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताउनुभयाे । अस्पताल तयार भएको तर आवश्यक जनशक्ति अभाव रहेको उहाँले गुनासाे गर्नुभयाे । केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति अभावलाई समाधान गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उहाँले बताउनुभएको छ ।  

प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाउँपालिकाको २८ लाख रुपैयाँकाे बजेटमा निर्मित अस्पतालमा उद्घाटन भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया