बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठोक्किँदा तीन जनाको ज्यान गयाे

 माघ २४, २०७८ सोमबार ८:४९:३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठोक्किँदा तीन जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन्। 

दुर्घटनामा परि २८ वर्षीय सविन चौधरी, २७ वर्षीय गोविन्द चौधरी र २६ वर्षीय नवीन श्रेष्ठको ज्यान गएकाे हाे। 

बुटवलकाे तामनगर नजिकै रहेको कोरियन प्रशिक्षण केन्द्रको कार्यालय अगाडि बिग्रिएर रोकिराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएकाे हाे ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी मोहन बहादुर खाँडले घाइतेमध्ये २७ वर्षीय भागिरथ चौधरीको अवस्था गम्भीर रहेको जानकारी दिनुभएकाे छ । 

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे खाँडले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया