रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 फागुन ९, २०७८ सोमबार ११:४:४५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको लुङ्ग्री गाउँपालिका–४ जलुकेमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  एक जना घाइते भएका छन् ।

दाङबाट इँटा लिएर लुङ्ग्री गाउँपालिका–२ सिर्प जाँदै गरेको रा १ ख १७८७ नम्बरको टिपर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–२ सिर्पका ३७ वर्षीय अमृतबहादुर ओलीको ज्यान गएको हाे । 

दुर्घटनामा परि चालक दाङ राप्ती गाउँपालिका–३ का ४३ वर्षीय दीपक केसी गम्भीर घाइते हुनुभएकाे छ । केसीकाे टाउको र खुट्टामा चाेट लागेकाे र अहिले  लुम्बिनी सीटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।

राति करिब १० बजेतिर टिपर सडकबाट १५० मिटर तल खसेको  प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया