दाङकाे घोराहीमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव

 फागुन १४, २०७८ शनिबार ९:४६:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - नेपाल विद्युत् प्राधिकरण घोराही दाङमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव भएको छ ।

विद्युत् जडानका लागि १ हजार ९ सयभन्दा  बढी ग्राहकले निवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको विद्युत् प्राधिकरण घोराही दाङले जनाएको छ । 

विद्युत् प्राधिकरणले टेण्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाइ गर्दा दाङमा मिटर बक्स पुर्‍याउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्र नयाँ ग्राहक सेवा फाँटका जङ्गबहादुर घर्तीले जानकारी दिनुभयो ।

मिटर बक्स नभएपछि धेरै ग्राहकहरुले घरमा वाइरिङ गरे पनि लामो समयसम्म मिटर बक्स पाउन नसकेको गुनासो गर्दै आएका छन् । वितरण केन्द्रमा विद्युत् लाइन जडानका लागि करिब १ हजार ९ सयभन्दा बढीको आवेदन परेको छ। आर्थिक वर्ष २०७८/०७९ को अहिलेसम्म १ हजार ९ सय ४५ जनाको आवेदन परेको हो । विद्युत् विस्तारसँगै सहरी क्षेत्रमा जनसङ्ख्या बढ्दै गएपछि घोराहीमा विद्युत् जडान गर्नेका लागि निवेदन दिने ग्राहकहरुको सङ्ख्या समेत बढ्दै गएको छ ।

विद्युत् जडानका लागि आवेदन दिएकामध्ये अहिलेसम्म ६ सय ३० जनाको घरमा विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । विद्युत् जडानका लागि आवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको कार्यालयले जनाएको छ। 

‘विद्युत् जडानका लागि धेरैले कार्यालयमा आवेदन दिनुभएको छ तर कार्यालयमा मिटर बक्स अझै आइपुगेको छैन’, उहाँले भन्नुभयो– ‘विद्युत् प्राधिकरणले टेण्डरमार्फत मिटर बक्स खरिद गरेर नेपाल ल्याइसकेको छ । अब जिल्लामा पठाएपछि निवेदन दिएका ग्राहकको घरमा जडान गर्नेछौँ ।’

अहिले काठमाण्डौमा स्मार्ट विद्युत् मिटर बक्स जडान गर्दा त्यहाँबाट दाङ पठाएका ६ सयभन्दा बढी मिटर बक्सहरु भने ग्राहकको इच्छाहरु अनुसार यो अवधिमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया