गठबन्धनलाई हराउँदै राेल्पा उद्याेग वाणिज्य सङ्घकाे अध्यक्षमा आचार्य विजयी

 फागुन २५, २०७८ बुधबार १३:५५:५५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – सत्तारुढ गठबन्धनलाई हराउँदै रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित हुनुभएकाे छ । 

सङ्घको आठाैँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजाे मङ्गलवार भएको चुनावमा प्रतिस्पर्धी वसन्त सुवेदीलाई तीन मतले पछि पार्दै आचार्य निर्वाचित हुनुभएकाे हाे । आचार्य संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवार बन्नुभएकाे थियाे भने सुवेदी सत्तारुढ गठबन्धनकाे तर्फबाट उम्मेदवार बन्नुभएकाे थियाे । आचार्यले चार सय ३७ मत पाउँदा सुवेदीले चार सय सय ३४ मत ल्याउनुभएको निर्वाचन अधिकृत तुल्सी जीसीले जानकारी दिनुभयाे । 

जम्मा एक हजार दुई सय १८ जना मतदाता रहेकामा जम्मा नाै सय ९५ मत खसेको थियो । अन्य पदाधिकारीहरू निर्विरोध भए पनि अध्यक्ष र सदस्यका लागि भने मतदान भएको थियो । पदभार ग्रहण र साधारण सभा भने फागुन २७ गते हुने जीसीले बताउनुभयाे । 

अध्यक्षमा निर्वाचित आचार्य पूर्वउपाध्यक्ष हुनुहुन्छ भने सुवेदी पूर्वमहासचिव तथा यसअघि पनि अध्यक्षमा पराजित उम्मेदवार हुनुहुन्छ । 

वाणिज्यतर्फको उपाध्यक्षमा मिलन रोका, उद्योगतर्फको उपाध्यक्षमा गोपालप्रसाद श्रेष्ठ, महासचिवमा कमल घर्ती, सचिवमा साजनकुमार थापा र कोषाध्यक्षमा वसन्ता आचार्य निर्विरोध निर्वाचित भएका थिए । यस्तै नाै जना सदस्यका लागि भएको चुनावमा अशोककुमार आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया