हेलिकप्टरले ‘८४ हजार लिटर पानी खन्याएपछि’ हरियाली सामुदायिक वनमा लागेकाे डढेलाे निभ्याे

 फागुन २५, २०७८ बुधबार १९:११:३७ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै रहेको हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाइएकाे छ । 

गएकाे आइतवार रातिदेखि सुरु भएको डढेलो आज बुधवार दिउँसो निभाउन सफल भएको खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा डढेलो निभाइएकाे हो । 

आगो निभाउनका लागि गएकाे सोमवारदेखि हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो निभाएको शेर्पाले जानकारी दिनुभयो । 

डढेलोको धुवाँका कारण सोमवार बिहान झन्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको थियो । डढेलोका कारण लेकाली क्षेत्रमा पाइने विभिन्न प्रजातिका रुखबिरुवा नष्ट भएको र क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ । 

तस्बिर : गाउँपालिकाकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया