लुक्ला विमानस्थल नजिकैकाे जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै खर्च

 फागुन २७, २०७८ शुक्रबार ९:३६:५७ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै जङ्गलमा लागेको डढेलो निभाउन १९ लाख रुपैयाँभन्दा धेरै रकम खर्च भएको छ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाउन १९ लाख २६ हजार ३ सय ३० रुपैयाँ खर्च भएकोे गाउँपालिकाले जनाएको छ। गएको आइतवार दिउँसोदेखि लागेको डढेलो बुधवार दिउँसो मात्रै निभेको थियो ।

पालिकाले डढेलो निभाउन सोमवार, मङ्गलवार र बुधवार सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेको थियो । स्थानीय बासिन्दा र प्रहरीको प्रयासले मात्रै आगाे निभाउन सम्भव नभएपछि हेलिकप्टर प्रयोग गरिएको र ९५ हजार लिटर पानी प्रयोग भएको वडा नम्बर–२ का वडाअध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिनुभयो।

धुवाँका कारण सोमवार बिहान झन्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया