खाँडीको कपडाकाे संरक्षणमा जुटे सोलुखुम्बुका महिला

 फागुन ३०, २०७८ सोमबार ८:३५:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका महिलाहरु खाँडीको कपडाकाे संरक्षणमा जुटेका छन् । त्यस सम्बन्धी स्थानीय सरकारले तालिम प्रदान गरेसँगै यहाँका महिलाहरु खाँडीको कपडाकाे संरक्षणतर्फ आकर्षित भएका हुन् । 

सङ्कटमा पर्दै गएको परम्परागत पेसालाई संरक्षण गर्ने  उद्देश्यले त्यस क्षेत्रका महिलाहरु संरक्षणमा जुटेको स्थानीयवासी दिपिका कुलुङले बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा २४ जना महिलाहरुलाई ३ महिने खाँडीको कपडा बुनाइ सम्बन्धी तालिम दिएकाे थियाे । 

आयात गरिएका कपडा सस्तो पर्ने भएकाले प्राकृतिक रुपमा निर्मित खाँडीका कपडाहरु लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेकाे कुलुङको भनाइ छ । आधारभूत  तालिममा  सहभागी भएका २४ जनामध्ये १२ जना महिलाहरुलाई पुनः तालिम प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

तालिम पश्चात त्यहाँका महिलाहरुले खाँडीका कपडा, कुर्तासुरुवाल र विभिन्न जातजातिका भेषभुषाहरु उत्पादन गर्दै आएका छन्। स्थानीय महिलाहरुले अहिले फुर्सदको समयलाई सदुपयोग गर्दै आएका महाकुलुङ गाउँपालिकाकी रामकुमारी कुलुङको भनाइ छ ।

गाउँपालिकाले  खाँडीको कपडा बुन्नका  लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेर तालिम दिएकाे थियाे ।  आत्मनिर्भर र व्यावसायिक बन्ने अन्य भरपर्दो विकल्प नभएपछि ओझेलमा परेको पुर्ख्यौली पेसालाई पुनः अँगाल्न थालिएको गाउँपालिकाले जनाएको छ ।

पुर्खाको पालादेखि चल्दै आएको पहिचानलाई संरक्षणमा सहयोग र सहकार्य गर्नु स्थानीय सरकारको समेत  दायित्व भएकाे गाउँपालिका उपप्रमुख विपना कुलुङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया