दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थाल्यो

 चैत ६, २०७८ आइतबार १३:३६:१३ | एजेन्सी
unn.prixa.net

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ ।

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो ।

ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३७ जनामा सङ्क्रमण देखिएको छ ।

सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलो पटक कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक साढे तीन लाखभन्दा धेरैको सङ्ख्यामा सङ्क्रमण देखिएको छ । त्यस्तै हङकङमा एकैदिन १६ हजार ५ भन्दा धेरै सङ्क्रमित थपिएका छन् । सिङ्गापुरमा हिजो दश हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । उपलब्ध खोप लगाउन र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया