काेराेना बढेपछि चीनको जिलिन प्रान्तमा कडा प्रतिबन्धात्मक नियम लागू, नागरिक घरबाहिर निस्कन नपाउने

 चैत ७, २०७८ सोमबार ७:९:१५ | एजेन्सी
unn.prixa.net

कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनको जिलिन प्रान्तमा प्रतिबन्धात्मक नियमलाई कडा पारिएको छ । त्यहाँका नागरिकलाई आउँदो हप्तासम्म घर भित्रै बस्न भनिएको छ ।

ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण नसकिएसम्म जिलिनका बासिन्दालाई घर भित्रै बस्न भनिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जिलिन प्रन्तको चाङ्गचुङ्ग सहरका बासिन्दालाई पहिला खाद्यान्न लगायतका सरसामान खरिदका लागि नजिकैको पसलमा जान अनुमति दिइएको थियो । तर, अहिले सबै यो सुविधा हटाइएको छ ।

करिब ९० लाखको आवादी रहेको यो सहरका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनिएको बीबीसीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया