तपाईँहरू उत्पादन गर्नुस्, हामी बजारीकरणमा सहयोग गर्छाैँ : मुख्यमन्त्री केसी

 चैत १७, २०७८ बिहिबार २०:१४:४६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ । रोल्पाको लिबाङमा आज बिहीवारदेखि सुरु भएको प्रथम प्रादेशिक औद्योगिक, कृषि तथा व्यापार महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

रोल्पा, रुकुम जस्ता दुर्गम जिल्लामा निकै मेहनत गरेर उत्पादन गरेको अल्लो कपडा लगायतका उत्पादनलाई बजारीकरण गर्न प्रदेश सरकारले आउँदो वर्षको बजेटमा विशेष प्राथमिकता दिने मुख्यमन्त्री केसीले जानकारी दिनुभयो । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यहाँ उत्पादिन वस्तुले सिधै अन्तर्राष्ट्रिय बजार पाउनेछ’, उहाँले भन्नुभयो, ‘तपाईँहरू उत्पादन गर्नुस्, हामी त्यसको बजारीकरणमा सहयोग गर्छाैँ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अजय शाहले प्रदेश सरकारले १२ वटा उद्योग स्थापनाको तयारी गरेको जानकारी दिनुभयो । ‘हामी स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग स्थापनामा जोड दिँदै छौँ’, उहाँले भन्नुभयो, ‘व्यवसायीहरू उद्योगमा लगानी गर्न तयार हुनुस्, वातावरण हामी बनाउँछौँ ।’

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रोल्पाको आयोजनामा भएको महोत्सवमा स्थानीय घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, कृषि तथा अन्य विभिन्न वस्तुको व्यापारिक स्टलहरू राखिएको छ । यही चैत २७ गतेसम्म सञ्चालन हुने महोत्सवले जिल्लाको उद्योग, कृषि, व्यापार र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ रोल्पाका अध्यक्ष मिलन डाँगीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया