देशभरिका गाउँपालिकाकाे फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउँछ : थापा

 चैत १९, २०७८ शनिबार २०:३९:२ | किरण थापा
unn.prixa.net

गाउँपालिकाकाे कार्यक्रममा महामन्त्री थापा

सिन्धुपाल्चाेक – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रावती गाउँपालिका देशभरबाट पहिलाे नम्बरमा रहेको बताउनुभएकाे छ । देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउने उहाँले बताउनुभयाे । 

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई आज शनिवार सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयाे, ‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक–पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाको, यहाँका अध्यक्ष वंशलाल तामाङको नाम आउँछ । इन्द्रावती गाउँपालिकाले त्यस्तो प्रतिष्ठा आर्जन गरेको छ ।’ 

राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालयमा पनि उदाहरण दिँदा देशभरको गाउँपालिकामध्ये इन्द्रावती अग्रस्थानमा आउने गरेको थापाले सुनाउनुभयाे । ‘गाउँपालिकामा भएको विकासको कामले गर्दा पनि देशैभर इन्द्रावती गाउँपालिकाले गरेको अनुभव जाओस् भनेर घोषणापत्र निर्माण गर्ने केन्द्रीय समितिमा आदरणीय नेता वंशलाल तामाङलाई राखेका छाैँ’, उहाँले भन्नुभयाे । 

आउँदाे चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने महामन्त्री थापाकाे भनाइ छ । गएकाे चुनावमा केपी ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले कांग्रेसले गरेको गठबन्धन पनि सही हुने उहाँकाे जिकिर छ । महामन्त्री थापाले भन्नुभयाे, ‘तालमेल गर्नेबारे पार्टीमा छलफल गर्दैछौँ । हिजाे माओवादी र एमाले मिलेर रातारात नयाँ पार्टी बनेकाे हाेइन ? हिजो प्रचण्ड र ओलीले एउटै जहाज चलाउन थाल्नुभएको होइन ? त्यही कुरा उहाँले गर्दा सही अरूले गर्दा बेठिक हुने ?’

कार्यक्रममा महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस् भनेको भनाइप्रति असन्तुष्टि जनाउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया